सत्ता–लिप्साले भविष्य गुमाउँदै कांग्रेस

राजेश ढुंगाना२००७ सालको जनक्रान्ति पश्चात् हालसम्म नै मुलुकको प्रथम राजनीतिक शक्ति रहेको नेपाली कांग्रेसले यतिबेला आफ्नै नेतृत्वको असक्षमता र नियतका कारणले सान्दर्भिकता नै समेत गुमाउँदै जाने खतरामा पुगेको छ । यति बेला एक कांग्रेस आफ्नै आदर्श र विचारबाट च्यूत मात्र भएको छैन, संगठनात्मक रुपले समेत ध्वस्त भएको देखिन्छ । नेतृत्वमा राष्ट्र कसरी बनाउने भन्ने भिजन [...] The post सत्ता–लिप्साले भविष्य गुमाउँदै कांग्रेस appeared first on Jhapa Online.

May 8, 2025 - 02:49
 0
सत्ता–लिप्साले भविष्य गुमाउँदै कांग्रेस

राजेश ढुंगाना
२००७ सालको जनक्रान्ति पश्चात् हालसम्म नै मुलुकको प्रथम राजनीतिक शक्ति रहेको नेपाली कांग्रेसले यतिबेला आफ्नै नेतृत्वको असक्षमता र नियतका कारणले सान्दर्भिकता नै समेत गुमाउँदै जाने खतरामा पुगेको छ । यति बेला एक कांग्रेस आफ्नै आदर्श र विचारबाट च्यूत मात्र भएको छैन, संगठनात्मक रुपले समेत ध्वस्त भएको देखिन्छ ।

नेतृत्वमा राष्ट्र कसरी बनाउने भन्ने भिजन त देखिएन, देखिएन । मात्र पार्टी नै समेत कसरी चलाउनु पर्छ भन्ने न्यूनतम सोचको पनि अभाव रह्यो । भातृ संगठनहरूका अधिवेशन हुन सकेको छैन अथवा आफ्नो प्रतिकूल हुने आशंकामा नेतृत्वले नियतवश नै गराएको छैन । यसरी सैद्धान्तिक, वैचारिक र संगठनात्मक तीन वटै हिसाबले कांग्रेस छिन्नभिन्न भएको छ ।

नेतृत्वकै कारणले इमानदार र सिद्धान्तनिष्ठ कार्यकर्ताहरू सम्पूर्णमा किनाराकृत मात्र भएका छैनन् – कांग्रेस पार्टी स्वार्थी समूहको गठबन्धन मात्र हुन पुगेको छ । सानोतिनो प्रयासले मात्र कांग्रेस अब सम्हालिन सक्ने अवस्थामा छैन । लोभी–पापीहरूले निहीत स्वार्थपूर्ति गर्ने साधन बनाएर कांग्रेसको सैद्धान्तिक, वैचारिक र संगठनात्मक स्वत्वको चीर हरण गरेका छन् ।

बितेका केही वर्ष यता कांग्रेसमा यही भइरहेको छ – सिद्धान्त र आदर्शप्रति इमान्दार एवम् बफादार कार्यकर्ताहरू कांग्रेसभित्र धुरुधुरु रोएर बसेका छन् । सिंगो प्रजातान्त्रिक तप्का र जनसमुदाय, जो कांग्रेसप्रति आस्थावान थिए, यतिबेला कांग्रेससँग निराश छ । कांग्रेसको आधा शताब्दीभन्दा लामो राजनीतिक जीवनमा यस्तो अप्रिय स्थिति यस अघि शायदै कहिल्यै आएको थियो । अर्थात्, नेतृत्वका कारणले आदर्श र वैचारिक रुपले सिद्धान्तनिष्ठ कार्यकर्ता गुमाएको मात्र छैन – प्रजातन्त्रवादी तप्काको स्वाभाविक जनसमर्थन समेत गुमाएको छ ।

लामो समयदेखि कांग्रेसको नेतृत्व विचार, सिद्धान्त र संगठनप्रति भन्दा सत्तामुखी भएको छ । केन्द्रमा सत्ता र केवल सत्ता मात्र राखेपछि त्यसै पनि विचार, सिद्धान्त, आदर्श र संगठनको तेजोबध हुनु अत्यन्त स्वाभाविक हो । नेतृत्वको अर्जुनदृष्टि जसरी पनि सत्ता हत्याउने र सत्तामा पुग्ने एक मात्र उद्देश्य एवम् लक्ष्य भएपछि त्यो संगठनको विचार, आदर्श र संगठन मर्नु नै थियो, म¥यो ।

माओवादीसँग चुनावी गठबन्धन गर्नु जस्तो भूल केवल सत्ताप्राप्तिका लागि मात्र थियो । सैद्धान्तिक र वैचारिक रुपले यो अनुचित र प्रत्युत्पादक मात्र थिएन, संगठनात्मक विचलन पनि सावित भयो । चैते कांग्रेस बाहेक पुराना, वैचारिक र आदर्शप्रति प्रतिबद्ध तथा इमान्दार कार्यकर्ताहरू धुरुधुरु रोएका थिए – ‘रुख’ चिन्हलाई लात मारेर हँसिया–हतौडामा भोट हाल्नु पर्दा । र, चुनावी गठबन्धन मात्र नभएर माओवादीसँगको सत्ता–सहयात्रा पनि कांग्रेसका लागि प्रत्युत्पादक नै रहन गयो ।

माओवादीसँगको अप्राकृतिक गठबन्धन टुट्नु नै थियो र टुट्यो पनि । त्यसपछि एमालेसँगको सहयात्रा र गठबन्धनको अर्को एउटा अप्राकृतिक यात्रा शुरु भएको छ– कांग्रेसको । अन्ततः यो यात्रा पनि कांग्रेसका लागि वैचारिक र संगठनका हिसाबले घोर अनर्थ हुने पक्का छ । निकटतम प्रतिद्वन्दी एमालेसँगको गठजोड, त्यो पनि उसकै नेतृत्वमा, कांग्रेसले आउँदो निर्वाचनका लागि समेत कांग्रेसका लागि ठूलो र गम्भीर क्षति सावित हुने पक्का छ । एक जना देउवाको सत्ताप्राप्तिका लागि कांग्रेसले विचार, सिद्धान्त, निष्ठा, आदर्श र संगठन मात्र होइन; आफ्नो वर्तमान र भविष्य समेत गुमाएको छ ।

The post सत्ता–लिप्साले भविष्य गुमाउँदै कांग्रेस appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register