राजदूत घिमिरेले बेलायती सभामुख भेटेर वहुआयामिक मुद्दामा गरे छलफल
लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसंग शिष्टाचार भेट गरेका छन् । वेष्टमिनिष्टरमा मंगलबार भएको भेटमा राजदूत घिमिरेले बेलायती संसदको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाएका थिए । राजदूत घिमिरेले नेपालको संसद समावेशी प्रकृतिको भएको स्मरण गराउंदै सभामुख […]

लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसंग शिष्टाचार भेट गरेका छन् ।
वेष्टमिनिष्टरमा मंगलबार भएको भेटमा राजदूत घिमिरेले बेलायती संसदको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाएका थिए ।
राजदूत घिमिरेले नेपालको संसद समावेशी प्रकृतिको भएको स्मरण गराउंदै सभामुख होयलसमक्ष नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिको सहयोगप्रति पनि आभार व्यक्त गरे ।
बेलायत र नेपाल दुई देशबीचको दुई शताब्दी बढीको न्यानो र सौहार्दपूर्ण सम्बन्ध स्मरण गर्दै राजदूतले उच्चस्तरीय भ्रमण र आदानप्रदानको महत्त्वमा जोड दिएका थिए । उनले नेपाललाई बेलायतबाट निरन्तर र अझ बढी सहयोगको आवश्यकतामाथि पनि प्रकाश पारेको दूतावासले बुधबार जनाएको छ ।
राजदूतले विशेष गरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, समृद्धिको आकांक्षा पूरा गर्न र २०२६ सम्ममा नेपाल अति कम विकासशील देश (एलडिसी) को दर्जाबाट ग्रयाजुएट भएपछि प्रगतिलाई दिगो बनाउन तथा बांकी रहेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका गुनासोहरू सकेसम्म चाँडो सम्बोधन गर्न बेलायत सरकारबाट निरन्तर सहयोगको अपेक्षा पनि गरेका थिए ।
उक्त भेटमा सभामुख होयलले नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक र अद्वितीय सम्बन्धको चर्चा गर्दै भविष्यमा दुवै देशका संसदीय समूहहरूबीच सहकार्यको सम्भावना व्यक्त गरे ।
सभामुख होयलले बेलायत सरकारले नेपालको आवश्यकता र प्राथमिकतासँग मिल्ने क्षेत्रहरूमा सहयोग प्रदान गरिरहने विश्वास पनि व्यक्त गरेको दूतावासको विज्ञप्तिमा छ ।
What's Your Reaction?






