इजरायलले गाजामा सुरु गर्यो नयाँ अपरेसन
काठमाडौं । इजरायली सेनाले हमासको अन्त्य र बाँकी बन्धकहरूको रिहाइ सुनिश्चित गर्न गाजामा नयाँ अपरेसन सुरु गरेको छ । इजरायली रक्षा बलले आफ्नो हिब्रू एक्स खातामा लेखेको छ, “अपरेसन गिदोनको रथको लागि आफ्नो सेना जम्मा गरिएको छ । यस अपरेसनको उद्देश्य गाजा पट्टीमा अवस्थित प्रमुख रणनीतिक क्षेत्रहरूको नियन्त्रण प्राप्त गर्नु हो ।” इजरायल रक्षा बलले […]

काठमाडौं । इजरायली सेनाले हमासको अन्त्य र बाँकी बन्धकहरूको रिहाइ सुनिश्चित गर्न गाजामा नयाँ अपरेसन सुरु गरेको छ ।
इजरायली रक्षा बलले आफ्नो हिब्रू एक्स खातामा लेखेको छ, “अपरेसन गिदोनको रथको लागि आफ्नो सेना जम्मा गरिएको छ । यस अपरेसनको उद्देश्य गाजा पट्टीमा अवस्थित प्रमुख रणनीतिक क्षेत्रहरूको नियन्त्रण प्राप्त गर्नु हो ।”
इजरायल रक्षा बलले आफ्नो अंग्रेजी एक्स खातामा यस अपरेसनको नाम प्रयोग गरेको छैन । उक्त पोस्टमा भनिएको छ, “यो अपरेशसन तबसम्म जारी रहनेछ, जबसम्म हमासले इजरायली बन्धकहरू र इजरायलको लागि खतरा सृजना गर्दैन ।”
इजरायली रक्षा बलले पछिल्लो २४ घण्टामा गाजा पट्टीका १५० भन्दा बढी स्थानहरूलाई निशाना बनाएको छ ।
What's Your Reaction?






