झापाको शिवसताक्षीमा बुवाद्वारा छोरामाथि खुकुरी प्रहार

भद्रपुर, ३ जेठ । झापाको भद्रपुरमा कुखुरी प्रहारबाट एक जना घाइते भएका छन् । आज बिहान शिवसताक्षि नगरपालिका–३ पाराबारीका ४० वर्षीय मनकुमार तामाङ र उनका छोरा १८ वर्षीय सुसन तामाङबीच घरयासी कुरामा विवादका क्रममा मनकुमारले सुसनमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट सुसनको टाउको र दाहिने खुट्टाको घुँडा पछाडि काटिएको छ । घटनाको जानकारी [...] The post झापाको शिवसताक्षीमा बुवाद्वारा छोरामाथि खुकुरी प्रहार appeared first on Jhapa Online.

May 17, 2025 - 07:43
 0
झापाको शिवसताक्षीमा बुवाद्वारा छोरामाथि खुकुरी प्रहार

भद्रपुर, ३ जेठ । झापाको भद्रपुरमा कुखुरी प्रहारबाट एक जना घाइते भएका छन् ।

आज बिहान शिवसताक्षि नगरपालिका–३ पाराबारीका ४० वर्षीय मनकुमार तामाङ र उनका छोरा १८ वर्षीय सुसन तामाङबीच घरयासी कुरामा विवादका क्रममा मनकुमारले सुसनमाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट सुसनको टाउको र दाहिने खुट्टाको घुँडा पछाडि काटिएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी धरमपुरबाट प्रहरी टोली खटिएको छ । घाइतेलाई उपचारका लागि निम्स अस्पताल दमक पठाइएको छ भने उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खुकुरी र खुकुरी प्रहार गर्ने मनकुमारलाई प्रहरी चौकी धरमपुरको नियन्त्रणमा राखिएको छ भने इप्रका झिलझिलेबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

The post झापाको शिवसताक्षीमा बुवाद्वारा छोरामाथि खुकुरी प्रहार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register