पानी परेपछि सुध्रियो काठमाडौँमा वायुको गुणस्तर

काठमाडौँ । काठमाडौँको वायु गुणस्तरमा सुधार देखिएको छ । लामो समयपछि काठमाडौँमा पानी परेपछि वायु गुणस्तरमा सुधार देखिएको हो । वायुको गुणस्तरमा सुधार आएसँगै काठमाडौँ विश्वकै वायु प्रदूषित सहरको सूचीमा १२औँ नम्बरमा झरेको छ । जबकी बुधबार दिउँसोसम्म पनि काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो नम्बरमा थियो । पानी परेसँगै वायुमण्डलमा जम्मा भएको धूलो, धुँवा […]

Apr 10, 2025 - 03:06
 0
पानी परेपछि सुध्रियो काठमाडौँमा वायुको गुणस्तर

काठमाडौँ । काठमाडौँको वायु गुणस्तरमा सुधार देखिएको छ । लामो समयपछि काठमाडौँमा पानी परेपछि वायु गुणस्तरमा सुधार देखिएको हो ।

वायुको गुणस्तरमा सुधार आएसँगै काठमाडौँ विश्वकै वायु प्रदूषित सहरको सूचीमा १२औँ नम्बरमा झरेको छ । जबकी बुधबार दिउँसोसम्म पनि काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो नम्बरमा थियो ।

पानी परेसँगै वायुमण्डलमा जम्मा भएको धूलो, धुँवा र हावाको कण पखालिँदै गएपछि वायुको गुणस्तर सुध्रिएको हो । काठमाडौँमा बिहीबार, शुक्रबार र शनिबार पनि पानी पर्ने पूर्वानुमान भएकाले वायुको गुणस्तर अझै सुध्रिने अनुमान गरिएको छ ।

आईक्यू एयरका अनुसार बिहीबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक ११९ छ । वायु गुणस्तर ०-५० एक्यूआई हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यस्तै, ५१-१०० एक्यूआई मध्यम, १०१-१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० एक्यूआई अस्वस्थ र २०१-३०० निकै अस्वस्थ मानिन्छ । ३०१ एक्यूआई भन्दा माथि भएमा खतरनाक मानिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register