काठमाडौं उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा (तस्वीरहरू)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । बिहीबार बिहानैदेखि काठमाडौं हावाहुरी र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही ठाउँमा भारी वर्षा भइरहेको छ । काठमाडौं, भक्तपुर र ललितपुर गरी उपत्यकाका तीनवटै जिल्लामा हावाहुरी […]

Apr 10, 2025 - 02:48
 0
काठमाडौं उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा (तस्वीरहरू)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

बिहीबार बिहानैदेखि काठमाडौं हावाहुरी र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही ठाउँमा भारी वर्षा भइरहेको छ । काठमाडौं, भक्तपुर र ललितपुर गरी उपत्यकाका तीनवटै जिल्लामा हावाहुरी र चट्याङसहित वर्षा भएको हो । वर्षाले उपत्यकाको जनजीवन प्रभावित बनाएको छ ।

त्यसैगरी, कोशी प्रदेशको झापा, सुनसरी, सोलुखुम्बु क्षेत्रमा वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । महाशाखाका अनुसार केही समय रोकिए पनि बिहीबार दिनभर र शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको छ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register