वर्षाका कारण ६ वटा सडक पूर्ण रूपमा अवरुद्ध, ६ वटा एकतर्फी सञ्चालनमा

काठमाडौं । हिँजोदेखि परिरहेको वर्षाका कारण आएको पहिरोका कारण विभिन्न सडक राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार वर्षाका कारण देशका विभिन्न १३ वटा सडकमा अवरोध भइरहेको छ । तीमध्ये एउटा सडकमा यातायात पूर्ण रूपमा सुचारु भएको  छ ६ वटा एकतर्फी र  बाँकी ६ वटा सडक अझै पूर्णरुपमा अवरुद्ध अवस्थामा छन् । राप्ती राजमार्ग, […]

Apr 10, 2025 - 09:02
 0
वर्षाका कारण ६ वटा सडक पूर्ण रूपमा अवरुद्ध, ६ वटा एकतर्फी सञ्चालनमा

काठमाडौं । हिँजोदेखि परिरहेको वर्षाका कारण आएको पहिरोका कारण विभिन्न सडक राजमार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार वर्षाका कारण देशका विभिन्न १३ वटा सडकमा अवरोध भइरहेको छ ।

तीमध्ये एउटा सडकमा यातायात पूर्ण रूपमा सुचारु भएको  छ ६ वटा एकतर्फी र  बाँकी ६ वटा सडक अझै पूर्णरुपमा अवरुद्ध अवस्थामा छन् ।

राप्ती राजमार्ग, सुर्खेत-हुम्ला सडक, सुर्खेत सडक, कर्णाली राजमार्ग, जाजरकोट सडक भने अझै पूर्णरुपमा अवरुद्ध छन् ।

काभ्रे, धादिङ, दार्चुला  भक्तपुरमा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएका छन् । सल्यान – जाजरकोट सडकखण्ड भने पहिरो पन्छाएपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register