दुर्गा प्रसाईं भद्रपुरबाट पक्राउ

काठमाडौं, चैत २९ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले मेडिकल व्यवसायी प्रसाईं र उनका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको जानकारी दिए।  यही चैत १५ गते तीनकुनेमा पूर्व राजाका पक्षमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा शुक्रबार […]

Apr 11, 2025 - 10:13
 0
दुर्गा प्रसाईं भद्रपुरबाट पक्राउ


काठमाडौं, चैत २९ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले मेडिकल व्यवसायी प्रसाईं र उनका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको जानकारी दिए। 

यही चैत १५ गते तीनकुनेमा पूर्व राजाका पक्षमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा शुक्रबार भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको प्रवक्ता आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

पूर्वराजावादीहरूले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तीनकुनेमा पूर्व राजाको समर्थनमा भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने करोडौं सम्पत्ति क्षति भएको छ । सो घटना लगत्तै प्रसाई फरार थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register