चीनको इयु–सिगात्से रेलमार्ग हुँदै पहिलोपटक भित्रियो नेपालमा सामान

काठमाडौं । चीनको चहच्याङ प्रान्तको इयु शहरबाट सुरु भएको नयाँ ढुवानी प्रणालीमार्फत रेल र सडकमार्ग हुँदै नेपालमा पहिलोपटक सामान भित्रिएको छ । इयुबाट झण्डै २५ सय किलोमिटर रेलमार्फत सामान सिगात्से ल्याइएको थियो । त्यहाँबाट पाँच सय किलोमिटर सडकमार्ग हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका पार गरी शुक्रबार काठमाडौंस्थित चोभारको सुख्खा बन्दरगाहमा तीन कन्टेनर सामान आइपुगेका हुन् । […]

Apr 11, 2025 - 10:14
 0
चीनको इयु–सिगात्से रेलमार्ग हुँदै पहिलोपटक भित्रियो नेपालमा सामान

काठमाडौं । चीनको चहच्याङ प्रान्तको इयु शहरबाट सुरु भएको नयाँ ढुवानी प्रणालीमार्फत रेल र सडकमार्ग हुँदै नेपालमा पहिलोपटक सामान भित्रिएको छ ।

इयुबाट झण्डै २५ सय किलोमिटर रेलमार्फत सामान सिगात्से ल्याइएको थियो । त्यहाँबाट पाँच सय किलोमिटर सडकमार्ग हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका पार गरी शुक्रबार काठमाडौंस्थित चोभारको सुख्खा बन्दरगाहमा तीन कन्टेनर सामान आइपुगेका हुन् ।

यसअघि चीनको इयुबाट नेपालमा गाडी मात्रै आयात गरिएको थियो । पहिलोपटक इयूबाट नेपाल भित्रिएको हो । चीनका आर्थिक तथा व्यावसायिक कन्सुलर से युइले चोभार सुख्खा बन्दरगाहामा सामान आइपुगेपछि ऐतिहासिक उपलब्धि भएको बताउँदै खुशी व्यक्त गरेका छन् ।

‘चीनको चहच्याङबाट नेपालको सुख्खा बन्दरगाह काठमाडौंसम्म पहिलो नन-स्टप रेलवे ढुवानीको सफल सुरुवात भएको छ । यो ऐतिहासिक क्षणले चीन र नेपालबीचको सीमापार व्यपारमा नयाँ युगको संकेत मात्र गर्दैन, चीन र नेपालबीचको आर्थिक तथा व्यापारिक सहकार्यको जग पनि बलियो बनाउँछ,’ उनले भने ।

अहिलेका लागि इयूबाट सातामा ३६ कन्टेनर ल्याउनेछ ।

इयूको रेलमार्गबाट सिगात्सेसम्मका लागि चीनले अहिले नेपालका लागि सातामा ३६ वटा कन्टेनर छुट्याएको छ । उक्त रेलमार्गबाट चीनका विभिन्न स्थानमा सामान ढुवानी गर्नुपर्ने भएकाले अहिलेका लागि नेपालका वस्तुहरुका लागि यति कन्टेनर व्यवस्था गरिएको हो ।

सामान आयातको सहजीकरण डाइरेक्ट बाइ सर्भिस प्रालिले गरेको हो । प्रालिका अध्यक्ष सुशील थापाका अनुसार यो नयाँ मार्गले सामान ढुवानी समय उल्लेख्य रूपमा घटेको छ । व्यापारीका लागि ढुवानी लागत पनि कम हुने थापाले बताए ।

डाइरेक्ट बाइले चीनमा स्याउ युएन शिगात्से इन्डस्ट्रियल कम्पनी लिमिटेडसँग समन्वय गरेको थियो । ‘इयुबाट समुद्रमार्ग हुँदै नेपाल आइपुग्न ४५ देखि ६० दिन लाग्छ, सडकमार्गबाट २० देखि ३० दिन लाग्छ,’ अध्यक्ष थापाले भने, ‘अब भने सिगात्सेसम्म रेल र त्यसपछि सडकमार्ग प्रयोग गर्दा सामान जम्मा एक सातामै नेपाल आइपुग्ने देखिएको छ ।’

थापाका अनुसार यो प्रणालीले व्यापारलाई सहज बनाउनुका साथै ढुवानी खर्चमा समेत कटौती गर्नेछ । थापाले व्यापारीहरूलाई नयाँ अवसरको ढोका खुल्ने र नेपालमा सामान अझ सुरक्षित रुपमा ढुवानी हुने बताए ।

‘पहिले दशैंको लागि ल्याएको सामान कस्टम क्लियर नहुँदा तिहारसम्म रोकिएको अवस्था हुन्थ्यो, अब त्यो समस्या अन्त्य हुने विश्वास छ,’ उनले भने ।

उक्त नयाँ ढुवानी प्रणालीले नेपाली व्यापारीलाई समयमै सामान उपलब्ध गराउन सहयोग पुर्‍याउने र निकट भविष्यमा नेपाल–चीन व्यापार अझ सहज र छिटो हुने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register