आइतबार ८.६२ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २२ कम्पनीको एक करोड ३१ लाख ८९ हजार ३ सय २८ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २८ करोडमाथिको सेयर कारोबार भएको छ । आज […]

Apr 13, 2025 - 10:59
 0
आइतबार ८.६२ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २२ कम्पनीको एक करोड ३१ लाख ८९ हजार ३ सय २८ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सीइडीबी होल्डिङ्गस् लिमिटेडको भएको छ । यस कम्पनीको ४५ करोड ३२ लाख ९ हजार ५ सय ३० रुपैयाँ ७० पैसा बराबरको भएको छ ।

त्यस्तै, आइतबारको बजारमा १२% गुडविल फाइनान्स लिमिटेड डेबेञ्चर २०८३ का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register