महुली लघुवित्तले यसपटक पनि लाभांश नदिने

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि आफ्ना सेयरधनीलाई लाभांश नदिने भएको छ ।  लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । महुलीले गत आर्थिक वर्षको मुनफाबाट लाभांश नदिने निर्णय गरेसँगै सेयरधनी निराश भएका छन् । बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय […]

Jan 9, 2025 - 08:57
 0
महुली लघुवित्तले यसपटक पनि लाभांश नदिने

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि आफ्ना सेयरधनीलाई लाभांश नदिने भएको छ ।  लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

महुलीले गत आर्थिक वर्षको मुनफाबाट लाभांश नदिने निर्णय गरेसँगै सेयरधनी निराश भएका छन् । बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

त्यस्तै, वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने  जनाएको छ ।

महुलीले गत आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन । कम्पनीले अन्तिमपटक आर्थिक वर्ष २०७८/७९ मा भने २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register