नेपालविरुद्ध ओमान ११७ रनमा अलआउट, युवराज खत्रीको फाइफर
काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा ओमानले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको हो । ओमानका लागि जित व्रजेश शाहले अर्धशतकीय पारी खेले । उनले ७८ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए । नेपालका लागि युवराज खत्रीले […]

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा ओमानले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको हो ।
ओमानका लागि जित व्रजेश शाहले अर्धशतकीय पारी खेले । उनले ७८ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए ।
नेपालका लागि युवराज खत्रीले ५ विकेट लिए । उनले ७ ओभरमा १५ रन खर्चेर आफ्नो फाइफरपूरा गरे । सो क्रममा उनले २ मेडन पनि फाले ।
सन्तोष यादवले २ तथा दयानन्द मन्डल, अप्रजित पौडेल र अशोक पौडेल १–१ विकेट लिए ।
What's Your Reaction?






