रास्वपा यूके पहिलो अधिवेशन २८ अप्रिलमा, सम्बोधन गर्न आउंदैछन् डा स्वर्णिम वाग्ले
लन्डन- राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायतस्थित प्रवास संगठन ‘रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूके’ पहिलो अधिवेशनको तयारीमा जुटेको छ। यही अप्रिल २८ तारिख सोमबार मिडल्याण्डको लेष्टरस्थित जंगल क्लबमा अधिवेशन तय छ। अधिवेशनले आगामी दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित गर्नेछ। यसैबीच, अधिवेशनलाई सम्बोधन गर्न रास्वपा केन्द्रिय उपसभापति डा स्वर्णिम वाग्ले बेलायत आउने रास्वपा यूके प्रवक्ता […]

लन्डन- राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायतस्थित प्रवास संगठन ‘रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूके’ पहिलो अधिवेशनको तयारीमा जुटेको छ।
यही अप्रिल २८ तारिख सोमबार मिडल्याण्डको लेष्टरस्थित जंगल क्लबमा अधिवेशन तय छ। अधिवेशनले आगामी दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित गर्नेछ।
यसैबीच, अधिवेशनलाई सम्बोधन गर्न रास्वपा केन्द्रिय उपसभापति डा स्वर्णिम वाग्ले बेलायत आउने रास्वपा यूके प्रवक्ता विष्णु चालिसेले नेपालीलिंकलाई जानकारी दिए।
अधिवेशनमा भाग लिन दुई दिनको लागि मात्रै बेलायत आउन लागेका डा वाग्लेको यहाँ अरु कुनै कार्यक्रम तय नभएको चालिसेले जनाए।
अधिवेशनमा बेलायतस्थित नेपालका राजनीतिक पार्टीनिकट विभिन्न संगठनका प्रतिनिधिलाई पनि निम्त्याइएको छ।
अधिवेशनमा सहभागी हुन रास्वपा यूके सभापति पवन शर्माले बेलायतस्थित संगठनका सबै सदस्य एवं शुभेच्छुकहरुलाई आव्हान गरेका छन्।
रवि लामिछाने नेतृत्वको रास्वपाको प्रवास संगठनको रुपमा सन् २०२३ मा बेलायतमा रास्वपा प्रवास समन्वय विभाग गठन गरिएको थियो।
What's Your Reaction?






