कर्मचारीले हप्तामा दुई दिन जातीय भेषभूषा लगाउनुपर्ने

उदयपुर । यहाँको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय भेषभूषा लगाउनुपर्ने भएको छ । गत चैत १ गते सो पालिकाका मेजरकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यपालिकाको बैठकले सो निर्णय गरेको र यही वैशाख १ देखि लागू गरिएको पालिकाका उपाध्यक्ष पुष्पकुमार राईले जानकारी दिए । गत सोमबार प्रशासकीय अधिकृत ताराकिरण राईले अबदेखि अनिवार्य […]

Apr 15, 2025 - 12:53
 0
कर्मचारीले हप्तामा दुई दिन जातीय भेषभूषा लगाउनुपर्ने

उदयपुर । यहाँको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय भेषभूषा लगाउनुपर्ने भएको छ ।

गत चैत १ गते सो पालिकाका मेजरकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यपालिकाको बैठकले सो निर्णय गरेको र यही वैशाख १ देखि लागू गरिएको पालिकाका उपाध्यक्ष पुष्पकुमार राईले जानकारी दिए ।

गत सोमबार प्रशासकीय अधिकृत ताराकिरण राईले अबदेखि अनिवार्य आइतबार र सोमबार जातीय वेशभूषामा कार्यालय समयमा कर्मचारीहरू उपस्थित हुनुपर्ने सूचना जारी गरेका छन् । “पालिकाभित्र बसोबास गर्ने जातजातिहरूको संस्कृति संस्कारको संरक्षण गर्न र पालिकालाई पर्यटन प्रवर्द्धन गर्न यस्तो निर्णय गरिएको हो,” अध्यक्ष राईले भने ।

गाउँपालिकाभित्रका जाति, भेषभूषा, भाषा, संस्कृतिको संरक्षण गर्ने कार्यपालिकाको दायित्व भएकाले यस्तो नीति लागू गरिएको उनको भनाइ छ । सो गाउँपालिकामा एक हजार ८७८ जनसङ्ख्या रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register