कोशी प्रदेश प्रमुखले गरे ५ वटा विधेयक प्रमाणीकरण

काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सभाबाट पारित भई आएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम बिहीबार प्रमाणीकरण गरेका हुन् । उनले प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक, २०८१, प्रदेश बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१, केही […]

Mar 13, 2025 - 14:53
 0
कोशी प्रदेश प्रमुखले गरे ५ वटा विधेयक प्रमाणीकरण

काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सभाबाट पारित भई आएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम बिहीबार प्रमाणीकरण गरेका हुन् ।

उनले प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक, २०८१, प्रदेश बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१, प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ र कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ प्रमाणीकरण गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register