एभरेष्ट अस्पतालमा जथाभावी फोहोर, महानगरले तिरायो ५० हजार जरिवाना 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एभरेष्ट अस्पताललाई कारवाही गरेको छ । हानिकारक फोहोरको व्यवस्थापन नगरेको भन्दै महानगरले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई कारवाही गरेको हो ।  कारवाहीस्वरुप महानगरले अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । सो निर्णयसहितको पत्र अस्पताललाई पठाएको महानगरले जनाएको छ ।  हानिकारक फोहोरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाईसमेत बेवास्ता […]

Apr 16, 2025 - 10:49
 0
एभरेष्ट अस्पतालमा जथाभावी फोहोर, महानगरले तिरायो ५० हजार जरिवाना 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एभरेष्ट अस्पताललाई कारवाही गरेको छ । हानिकारक फोहोरको व्यवस्थापन नगरेको भन्दै महानगरले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई कारवाही गरेको हो । 

कारवाहीस्वरुप महानगरले अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । सो निर्णयसहितको पत्र अस्पताललाई पठाएको महानगरले जनाएको छ । 

हानिकारक फोहोरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाईसमेत बेवास्ता गरेपछि महानगरको वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७ बमोजिम जरिवाना तिराउने निर्णय गरिएको महानगरले जनाएको छ ।

यसो त महानगरले एभरेष्ट अस्पताललाई यसभन्दा अघि पनि फोहोर व्यवस्थापन गर्न सचेत गराएको थियो । तर, महानगरको निर्देशन बेवास्ता गरेको पाइएपछि कारवाहीस्वरुप जरिवाना तिराइएको महानगरले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register