बुधबार ७.०१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ७.०१ अंकले बढेर २६९६.२३ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३२९ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार […]

Apr 16, 2025 - 10:46
 0
बुधबार ७.०१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ७.०१ अंकले बढेर २६९६.२३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२९ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको ५९ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबार कर्पोरेटसहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register