हराइरहेका सुरेश धिमालको शव त्रिपाल मुनि फेला

उर्लाबारी, ३ वैशाख । तीन दिनदेखि घरबाट हराइरहेका उर्लाबारी–९ आम्बारीका सुरेश धिमाल बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार ३४ वर्षीय धिमाल वडा नं. ३ स्थित नयाँ मङ्गलबारे बजारको एक त्रिपालमा मृत फेला परेका हुन् । बिहान करिब ७ बजे बजार क्षेत्रमा बिक्रीका लागि राखिएको [...] The post हराइरहेका सुरेश धिमालको शव त्रिपाल मुनि फेला appeared first on Jhapa Online.

Apr 16, 2025 - 10:50
 0
हराइरहेका सुरेश धिमालको शव त्रिपाल मुनि फेला

उर्लाबारी, ३ वैशाख । तीन दिनदेखि घरबाट हराइरहेका उर्लाबारी–९ आम्बारीका सुरेश धिमाल बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार ३४ वर्षीय धिमाल वडा नं. ३ स्थित नयाँ मङ्गलबारे बजारको एक त्रिपालमा मृत फेला परेका हुन् ।

बिहान करिब ७ बजे बजार क्षेत्रमा बिक्रीका लागि राखिएको खरबुजा छोपेर राखिएको त्रिपाल मुनि धिमालको शव भेटिएको थियो । घटनास्थलको छानबिनका क्रममा प्रहरीले सिसी टिभी फुटेज हेर्दा धिमाललाई त्रिपाल मुनि जाँदै गरेको फेला पारेको थियो ।

शारीरिक रूपमा अशक्त तथा बोल्न नसक्ने अवस्थामा रहेका धिमाल घरबाट बेला–बेला हिँडिरहने गर्थे । उनी तीन दिनअघिदेखि नै परिवारको सम्पर्कमा थिएनन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि मात्र मृत्युको कारणबारे यकिन विवरण आउन सक्ने जनाइएको छ । धिमालको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पोस्टमार्टमका लागि पठाइएको छ ।

The post हराइरहेका सुरेश धिमालको शव त्रिपाल मुनि फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register