सेयर बजारमा भारी गिरावट, १९८ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३० दशमलव ३६ अङ्कले घटेर २८४६ दशमलव ३० को विन्दुमा पुगेको छ । मंगलबार ३१८ कम्पनीका एक लाख २२ हजार ३३६ पटकको कारोबारमा २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा […]

Mar 4, 2025 - 09:28
 0
सेयर बजारमा भारी गिरावट, १९८ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३० दशमलव ३६ अङ्कले घटेर २८४६ दशमलव ३० को विन्दुमा पुगेको छ ।

मंगलबार ३१८ कम्पनीका एक लाख २२ हजार ३३६ पटकको कारोबारमा २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँ रहेको छ ।

४१ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये सबै राताम्मे छन् । मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register