कमसल काम गर्ने ४ कम्पनी सरकारको कालोसूचीमा

काठमाडौँ । समयमा काम सम्पन्न नगर्ने र कमसल काम गर्ने चार ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीलाई कालोसूचीमा रखेको हो । कोलोसूचीमा पर्नेमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, सहदेव गौतम मुख्य व्यक्ति भएको एस.एम. कन्सट्रक्सन मकवानपुर, सुकु […]

Apr 17, 2025 - 03:31
 0
कमसल काम गर्ने ४ कम्पनी सरकारको कालोसूचीमा

काठमाडौँ । समयमा काम सम्पन्न नगर्ने र कमसल काम गर्ने चार ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीलाई कालोसूचीमा रखेको हो ।

कोलोसूचीमा पर्नेमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, सहदेव गौतम मुख्य व्यक्ति भएको एस.एम. कन्सट्रक्सन मकवानपुर, सुकु रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा छन् ।

कालोसूचीमा परेका कम्पनीमध्ये वनगाड कुपिण्डे नगरपालिकाको सल्यानको सिफारिसमा गौरीगोमा निर्माण सेवालाई एक वर्षका लागि कालो सूचीमा राखिएको छ । अन्य तीन कम्पनीहरुलाई भने डेढ वर्षका लागि कालो सूचीमा राखिएको छ ।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउँदैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register