१९ जोडीको सामूहिक विवाह

भद्रपुर । विश्व हिन्दु परिषद् नेपालले झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह गराएको छ । अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा बुधबार झापासहित विभिन्न जिल्लाका १९ जोडीको सामूहिक विवाह गराइएको हो ।वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेको आधारमा अभिभावकको उपस्थितिमा जोडीहरूको हिन्दु परम्पराअनुसार विवाह गरिदिएको अर्जुनधारा धाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो । […]

Apr 17, 2025 - 03:27
 0
१९ जोडीको सामूहिक विवाह

भद्रपुर ।

विश्व हिन्दु परिषद् नेपालले झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह गराएको छ ।

अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा बुधबार झापासहित विभिन्न जिल्लाका १९ जोडीको सामूहिक विवाह गराइएको हो ।
वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेको आधारमा अभिभावकको उपस्थितिमा जोडीहरूको हिन्दु परम्पराअनुसार विवाह गरिदिएको अर्जुनधारा धाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो ।

सामूहिक विवाहमा वरवधूलाई आवश्यक शृङ्गारिक कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरि, गाग्री खड्कुँलासहित भाँडावर्तन र शुद्ध शाकाहारी खानाको व्यवस्थासमेत गरिदिएको उहाँको भनाइ छ ।

अर्जुनधारा धाम विकास समितिले अर्को वर्षदेखि १०८ जोडीको सामूहिक विवाह गर्ने लक्ष्य लिएको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register