सातै प्रदेशमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । एनएमबि बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको हो । सो कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ  । ग्लोबल मनी वीक २०२५ को नारा सहित […]

Mar 26, 2025 - 07:06
 0
सातै प्रदेशमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । एनएमबि बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको हो ।

सो कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ  ।

ग्लोबल मनी वीक २०२५ को नारा सहित बैंकले विभिन्न क्षेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ । बैंकले आफ्नो सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ ।

बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट तीनहजार जना भन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register