इजरायली सेनाले गाजामा गरेको सैन्य बफर बिस्तारले प्यालेस्टिनीहरू विस्थापित

एजेन्सी । दक्षिणी गाजापट्टीको नयाँ विभाजन रेखा ‘मोराग करिडोर’ नजिकै इजरायली सेनाले गरेको सैन्य बफर क्षेत्र बिस्तारले धेरै प्यालेस्टिनीहरूलाई विस्थापित गराउन थालेको छ । जसका कारण मानवीय सङ्कट थप गहिरिने सङ्केत देखिएको छ । मार्च १८ यता गाजामा व्यापक सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली रक्षा बलले रफाह र खान युनिसलाई विभाजन गर्ने ‘मोराग करिडोर’ […]

Apr 18, 2025 - 11:56
 0
इजरायली सेनाले गाजामा गरेको सैन्य बफर बिस्तारले प्यालेस्टिनीहरू विस्थापित

एजेन्सी । दक्षिणी गाजापट्टीको नयाँ विभाजन रेखा ‘मोराग करिडोर’ नजिकै इजरायली सेनाले गरेको सैन्य बफर क्षेत्र बिस्तारले धेरै प्यालेस्टिनीहरूलाई विस्थापित गराउन थालेको छ । जसका कारण मानवीय सङ्कट थप गहिरिने सङ्केत देखिएको छ ।

मार्च १८ यता गाजामा व्यापक सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली रक्षा बलले रफाह र खान युनिसलाई विभाजन गर्ने ‘मोराग करिडोर’ स्थापना गरेको थियो ।

बुधबार इजरायली सेनाले करिडोर बिस्तार गरिरहेको र इजरायली सैन्य नियन्त्रणमा रहेको एन्क्लेभको लगभग एक तिहाइलाई ‘सुरक्षा क्षेत्र’मा परिणत गरेको थियो । जसले गर्दा करिडोरको छेउमा धेरै प्यालेस्टिनीहरू गधा, गाडा, साइकल र ट्रकहरूको सहायतामा आफ्ना सामान बोकेर भागिरहेको समाचार एजेन्सीहरूले जनाएका छन् ।

इजरायली सेनाले आफ्नो सैन्य बफर क्षेत्र विस्तार गर्ने तयारीमा यस क्षेत्रमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई थप खाली गर्ने योजना बनाएको थियो ।

प्रमुख कृषि उत्पादन क्षेत्र, दक्षिणी गाजाको अवरोधले स्थानीय खाद्य आपूर्तिमा गम्भीर असर पार्ने र गाजापट्टीमा पहिले नै गम्भीर मानवीय सङ्कट थप गहिरिने देखिएको छ ।

दक्षिणी गाजाको ‘मोराग करिडोर’ क्षेत्रमा ठूलो सङ्ख्यामा कृषि सुविधा र अन्न भण्डारहरू रहेका छन् । इजरायली सेनाले करिडोर स्थापना गरेपछि खाद्य सुरक्षामा सङ्कट आएको छ । जसले स्थानीय जनसङ्ख्याको विस्थापनलाई अझ बढाउँदै लगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register