कस्तो आयो कुमारी बैंकको ‘थर्ड क्वाटर रिपोर्ट’ ? (विवरणसहित)

काठमाडौँ । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्म कुल २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ७२.८५ प्रतिशत कम हो । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ३ अर्ब ५४ […]

Apr 20, 2025 - 05:02
 0
कस्तो आयो कुमारी बैंकको ‘थर्ड क्वाटर रिपोर्ट’ ? (विवरणसहित)

काठमाडौँ । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्म कुल २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ७२.८५ प्रतिशत कम हो ।

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ३ अर्ब ५४ करोडबाट ५ अर्ब १६ करोड पुगेको छ । यही कारण बैंकको खुद नाफामा दबाब परेको हो ।

त्यस्तै, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४३ पैसा रहेको छ ।

चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको कुमारी बैंकको जगेडा कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ जम्मा रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register