ट्रम्पको आकृतियुक्त ‘ट्वाइलेट ब्रस’ को बिक्रीमा बृद्धि

बेइजिङ । अमेरिका र चीनबिच ‘कर युद्ध’ जारी रहँदा चीनमा बनेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकृतियुक्त ‘ट्वाइलेट ब्रस’ को बिक्रीमा वृद्धि देखिएको छ । यो ट्वाइलेट ब्रस नयाँ भने होइन । ट्रम्प पहिलो पटक राष्ट्रपति बन्दा नै चिनियाँ कम्पनीहरूले देशमा उनको लोकप्रियतालाई मध्यनजर गर्दै उनमा आधारित कयौँ वस्तुहरू निर्माण गरेको थियो । तर, अहिले परिस्थिति [...] The post ट्रम्पको आकृतियुक्त ‘ट्वाइलेट ब्रस’ को बिक्रीमा बृद्धि appeared first on Jhapa Online.

Apr 21, 2025 - 03:10
 0
ट्रम्पको आकृतियुक्त ‘ट्वाइलेट ब्रस’ को बिक्रीमा बृद्धि

बेइजिङ । अमेरिका र चीनबिच ‘कर युद्ध’ जारी रहँदा चीनमा बनेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकृतियुक्त ‘ट्वाइलेट ब्रस’ को बिक्रीमा वृद्धि देखिएको छ । यो ट्वाइलेट ब्रस नयाँ भने होइन । ट्रम्प पहिलो पटक राष्ट्रपति बन्दा नै चिनियाँ कम्पनीहरूले देशमा उनको लोकप्रियतालाई मध्यनजर गर्दै उनमा आधारित कयौँ वस्तुहरू निर्माण गरेको थियो ।

तर, अहिले परिस्थिति बदलिएको छ । चीन र अमेरिकाको सम्बन्ध निकै तनावपूर्ण रहेको छ । अहिले चिनियाँहरू अमेरिकी राष्ट्रपतिलाई गिज्याउन ‘ट्रम्प ट्वाइलेट ब्रस’ किनिरहेका छन् । चिनियाँ मिडियाहरूले ट्रम्प ट्वाइलेट ब्रसको बिक्री ह्वात्तै बढेको बताइरहेका छन् । उनीहरूले यसलाई ‘यीवु काउन्टर अट्याक’समेत भनिरहेका छन् ।

यीवु सहरमा सस्ता प्लास्टिकका सामग्री बनाउने स–साना फ्याक्ट्रीहरू रहेका छन् । ट्रम्प ट्वाइलेट ब्रसको बिक्रीलाई देशले ट्रम्पको पारस्परिक करबाट प्रभावित उद्योगहरूलाई देखाएको समर्थनका रूप अर्थ्याइएको छ । सामाजिक सञ्जालमा भाइरल बनेको यस्ता ट्वाइलेट ब्रस १.९ देखि २.६ डलरमा बिक्री भइरहेका छन् । अडिटी सेन्ट्रल

The post ट्रम्पको आकृतियुक्त ‘ट्वाइलेट ब्रस’ को बिक्रीमा बृद्धि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register