गाडीमा आगलागी भएको घटना : मृत्यु भएका सबैको सनाखत

काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ । मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका १० निवासी गाडी चालक दुर्गा भट्टराई, ललितपुरकी वर्ष १६ की आध्या आचार्य, झापाकै झापाका वर्ष ७० का विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल रहेको ताप्लेजुङ प्रहरीले जनाएको […]

Apr 21, 2025 - 03:15
 0
गाडीमा आगलागी भएको घटना : मृत्यु भएका सबैको सनाखत

काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ ।

मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका १० निवासी गाडी चालक दुर्गा भट्टराई, ललितपुरकी वर्ष १६ की आध्या आचार्य, झापाकै झापाका वर्ष ७० का विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल रहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा चार यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे१च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो ।

सोमबार बिहान करिब ५ बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्णरुपमा नियन्त्रणमा ल्याइएको छ ।

पाथीभरा दर्शनका लागि गइरहेको गाडीमा आगलागी : चार जनाको मृत्यु, दुई घाइते

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register