भरियाको कथामा बन्ने ‘कार्की साइँला’को शुभमुहूर्त

भारी बोक्ने भरियाको कथामा आधारित भएर बन्न लागेको फिल्म ‘कार्की साइँला’को शुभमुहूर्त गरिएको छ । सोमबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्मको मुख्य कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले मुहूर्त सट दिएका थिए । उनीहरुले पहिलो पटक फिल्ममा एकसाथ काम गर्न लागेका हुन् । राजेन्द्र बस्नेतको निर्देशनमा बन्न [...] The post भरियाको कथामा बन्ने ‘कार्की साइँला’को शुभमुहूर्त appeared first on Jhapa Online.

Apr 21, 2025 - 09:23
 0
भरियाको कथामा बन्ने ‘कार्की साइँला’को शुभमुहूर्त


भारी बोक्ने भरियाको कथामा आधारित भएर बन्न लागेको फिल्म ‘कार्की साइँला’को शुभमुहूर्त गरिएको छ । सोमबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्मको मुख्य कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले मुहूर्त सट दिएका थिए । उनीहरुले पहिलो पटक फिल्ममा एकसाथ काम गर्न लागेका हुन् ।

राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्ममा जितु र वर्षासहित गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङ लगायतको अभिनय रहनेछ । कर्ण बहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ र निर्माता बालकुमार राई हुन् । कार्यकारी निर्मातामा राजु श्रेष्ठ छन् ।

अजित लामिछानेको पटकथा तथा संवाद रहेको फिल्ममा छायांकन डम्बर बहादुर राई, द्वन्द्व निर्देशन राजु किराँती, संगीत बाबुल गिरि, गीत जीवननाथ गौतम र नृत्य निर्देशन कमल राईको रहनेछ । आगामी बैशाख २० गतेबाट कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला धनकुटाका विभिन्न ठाउँमा छायांकन हुन लागेको फिल्मले ग्रामीण जीवनको कथा भन्ने निर्देशक बस्नेतले जानकारी दिए ।

The post भरियाको कथामा बन्ने ‘कार्की साइँला’को शुभमुहूर्त appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register