केआईआईटीमा विद्यार्थीको अवस्था बुझ्न पुग्यो नेपाल प्रहरी

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिसास्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको विषयमा निरन्तर फलोअप गरिरहेको बताएकी छन् । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट नेपाली विद्यार्थीको अवस्था बुझ्ने काम भइरहेको उनले बताइन् । साथै, सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी विश्वविद्यालय गएको राणाले जानकारी […]

Feb 18, 2025 - 08:36
 0
केआईआईटीमा विद्यार्थीको अवस्था बुझ्न पुग्यो नेपाल प्रहरी

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिसास्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको विषयमा निरन्तर फलोअप गरिरहेको बताएकी छन् ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट नेपाली विद्यार्थीको अवस्था बुझ्ने काम भइरहेको उनले बताइन् । साथै, सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी विश्वविद्यालय गएको राणाले जानकारी दिइन् ।

उनले एक्समा लेखेकी छन्, “नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुइजना बरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ । मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु।”

परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको राणाले बताइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register