बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लागू नहुने सर्वोच्च्को फैसला

काठमाडौँ । सर्वोच्च अदालतले विशेष ऐनद्वारा सञ्चालित बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लागू नहुने फैसला गरेको छ । स्वावलम्बन विकास बैंकले दायर गरेको रिटमाथि फैसला गर्दै अदालतले बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐनका प्रावधान आकर्षित नहुने निर्णय गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह, राउत, न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, बिनोद शर्मा, शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको […]

Feb 14, 2025 - 13:00
 0
बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लागू नहुने सर्वोच्च्को फैसला

काठमाडौँ । सर्वोच्च अदालतले विशेष ऐनद्वारा सञ्चालित बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लागू नहुने फैसला गरेको छ । स्वावलम्बन विकास बैंकले दायर गरेको रिटमाथि फैसला गर्दै अदालतले बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐनका प्रावधान आकर्षित नहुने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह, राउत, न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, बिनोद शर्मा, शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले स्वावलम्बन विकास बैंकले बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐनका प्रावधान लागू हुने यसअघिको श्रम अदालतको फैसला बदर गर्न माग गर्दै दायर गरेको रिट जारी गरेसँगै यो विवादको पनि अन्त्य भएको छ ।

यसअघि सर्वोच्च अदालतले बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐन लाग्ने र नलाग्ने दुईथरी व्याख्या गरेको थियो । दुईथरी व्याख्या भएको भन्दै सर्वोच्च अदालतकै दुई जना न्यायाधीशहरूले यो विवादलाई वृहत पूर्ण इजलासबाट सुनुवाइ गरेर टुङ्गो लगाउन आदेश दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register