बुधबार ७.९४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१६ कम्पनीको २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ६९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

May 21, 2025 - 12:53
 0
बुधबार ७.९४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१६ कम्पनीको २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ६९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ७१ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबारको बजारमा ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रकशन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register