नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथ ग्रहण आज !

काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । उनलाई अपराह्न ४ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।  शिक्षामन्त्रीका रुपमा पन्तलाई राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनेछन् । तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजिनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीमा पन्तलाई […]

Apr 24, 2025 - 04:54
 0
नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथ ग्रहण आज !

काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । उनलाई अपराह्न ४ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ । 

शिक्षामन्त्रीका रुपमा पन्तलाई राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनेछन् ।

तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजिनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीमा पन्तलाई नियुक्ति गरेका हुन् । 

बिहीबार शिक्षामन्त्रीका रुपमा शपथ ग्रहण गरेपछि पन्तले शिक्षामन्त्रीको कार्यभार सम्हाल्नेछन् । पन्तले कार्यभार सम्हालेसँगै मूलतःः २३ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनले निकास पाउने अपेक्षा शिक्षकहरुले गरेका छन् । पन्तसँग यसअघि श्रम मन्त्रीको अनुभव छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register