राप्रपाको प्रदर्शनमा घुसपैठ, दुईजना पक्राउ 

काठमाडौँ । राप्रपाको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बल्खुमा आयोजना गरिएको प्रदर्शन स्थलमा घुसपैठ गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।  पक्राउ परेका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन ।  उनीहरुमाथि सभा बिथोल्न खोजेको आरोप छ । उनीहरु प्रहरी र राप्रपा दुवैतर्फका व्यक्ति नभएको पुष्टि भएको छ । सभामा होहल्ला गरेर […]

Apr 8, 2025 - 10:48
 0
राप्रपाको प्रदर्शनमा घुसपैठ, दुईजना पक्राउ 

काठमाडौँ । राप्रपाको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बल्खुमा आयोजना गरिएको प्रदर्शन स्थलमा घुसपैठ गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । 

पक्राउ परेका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन । 

उनीहरुमाथि सभा बिथोल्न खोजेको आरोप छ । उनीहरु प्रहरी र राप्रपा दुवैतर्फका व्यक्ति नभएको पुष्टि भएको छ । सभामा होहल्ला गरेर माहोल बिगार्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

बल्खुको प्रदर्शनलाई लक्षित गरेर मंगलबार सुरक्षा व्यवस्था कडा पारिएको छ । आजको प्रदर्शनलाई ड्रोन, सीसी क्यामेरा र बडी क्यामेराबाट निगरानी गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register