मुक्तिनाथका अध्यक्ष भरतराज ढकालको ‘कर्तुत’, ‘मनपरी’ले हद नाघेपछि राष्ट्र बैंकले गर्यो कारवाही

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई कारवाही गरेको छ । प्रचलित कानूनी व्यवस्था विपरीत चलेको भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले कारवाही गरेको हो । तर, यसपटकको कारवाहीमा एक फरक परिदृश्य देखिएको छ । जसले ‘इमान्दार भनिएका’ अध्यक्षको इमान्दारितामाथि प्रश्न […]

Apr 24, 2025 - 11:42
 0
मुक्तिनाथका अध्यक्ष भरतराज ढकालको ‘कर्तुत’, ‘मनपरी’ले हद नाघेपछि राष्ट्र बैंकले गर्यो कारवाही

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई कारवाही गरेको छ । प्रचलित कानूनी व्यवस्था विपरीत चलेको भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले कारवाही गरेको हो । तर, यसपटकको कारवाहीमा एक फरक परिदृश्य देखिएको छ । जसले ‘इमान्दार भनिएका’ अध्यक्षको इमान्दारितामाथि प्रश्न मात्रै उठाएको छैन, बरु राम्रो भनिएको बैंकभित्र कुन हदसम्म मनपरी हुँदो रहेछ भन्ने तथ्य पनि उजागर गरिदिएको छ । 

प्रसंग हो मुक्तिनाथ विकास बैंकबैंकका अध्यक्ष भरतराज ढकालको । भरतराज ढकाल निकै इमान्दार अध्यक्षका रुपमा परिचित थिए । तर, उनले नै प्रचलित कानूनी व्यवस्थाको धज्जी उडाउँदै आफ्नै बैंकको भवन निर्माण समितिको संयोजक बनेर राष्ट्र बैंकको एकीकृत निर्देशन कुल्चदैँ हदैसम्मको ‘नन कम्प्लाइन्स’ हुनेगरी काम गरेको पाइएको हो । 

नेपाल राष्ट्र बैंकले गरेको सुपरिवेक्षणका क्रममा ढकालको यस्तो बदमासी भेटिएको थियो । यसो त नियामकीय सुपरीवेक्षण भन्दा पनि अगाडि ढकालले बैंकलाई अपठ्यारोमा पार्ने र मनमौजी गर्नेगरी समितिमा बसेको भन्दै राष्ट्र बैंकमा मौखिक उजुरी परेको थियो । बैंककै एक सञ्चालकले अध्यक्ष ढकालकै कारण बैंकमा गलत कामले प्रसय पाएको र ढकाललाई कारवाही गर्नुपर्ने भन्दै राष्ट्र बैंक गुहारेका थिए । त्यसपछि ढकालको गलत कामलाई ‘नोटिस’मा लिएको राष्ट्र बैंकले सुपरीवेक्षणका क्रममा यो तथ्य खोतल्दै कारवाही सिफारिस गरेको थियो । अन्ततः राष्ट्र बैंकले ढकाललाई नसिहत दिनेगरी कारवाही गरेको छ । 

यो प्रकरणका बारे गाइँगुइँ चलेपछि ढकालले बैंक अध्यक्षको पद छोडेका थिए । नेपाली बैंकिङ क्षेत्रमा इमान्दार मानिने ढकालको यस्तो ‘चर्तिकला’ देखेर नेपाली बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यरत बैंकरहरु नै अचम्मित परेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार ढकाललाई नगद जरिवानासमेत गराउन लागिएको थियो । तर, ढकालले यसअघि ‘देखिने गरी’ ठूलो बदमासी नगरेकोले एकपटकका लागि नसिहत दिनेगरी कारवाही गरिएको हो । 

यद्यपि बैंकको अध्यक्ष पद छोडेकै कारण उनको ‘बदमासी’ बाहिर नल्याउने बैंकको योजना भने बिफल भएको छ । उनीमाथि गरिएको कारवाहीले उनको बदमासी मात्र उजागर भएको छैन, बैंकमा कुन हदसम्मको मनपरी हुनेगरेको छ भन्ने विषय पनि उदांगिएको छ ।

पछिल्लो समय मुक्तिनाथ विकास बैंकका एकपछि अर्का ‘काण्डहरु सार्वजनिक भइरहेका छन् । केही समयअघि मात्रै पनि बैंकले नक्कली धितो राखेर करोडौँ कर्जा प्रवाह गरेको तथ्य अर्थ सरोकारले सार्वजनिक गरेको थियो । यति मात्र होइन, सोही बैंकले अर्काको नागरिकता प्रयोग गरेर खाता खोली ह्याकरले करोडौँको कारोबार गर्दा पनि थाहा नपाएको विषय समेत अर्थ सरोकारले ‘ब्रेक’ गरेको थियो । 

बैंकका सूचना अधिकारी तिल गुरुङले बैंकका पूर्वअध्यक्ष ढकालमाथि कारवाही भएको तर नगद जरिवाना भने नभएको बताएका छन् । अर्थ सरोकारको सम्पर्कमा आएका गुरुङले बाहिर चर्चा चलेजस्तो आर्थिक जरिवाना नभएको तर ढकालमाथि कारवाही भएको भने सत्य रहेको बताएका छन् । 

आखिर ढकालजतिको इमान्दार कहलिएको व्यक्तिले किन यस्तो ‘बदमासी’ गरे ? नियम कुल्चेर भवन समितिको संयोजक बन्ने उनको नियत के थियो ? यस विषयमा ढकालसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा नै आएनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register