राप्रपा उपाध्यक्ष मिश्रलाई थुनामुक्त, भन्छन्– राजसंस्था पुनर्स्थापनाका लागि काम गरेकै हो, अपराधिक उपद्रव गरेको होइन

झापा, २ जेठ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको छ । आज न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै मिश्रलाई उनका कानुन व्यवसायीको जिम्मा लगाएर तत्काल रिहा गर्न आदेश गरेको हो । मिश्रका तर्फबाट श्रीमती सारिका कार्कीले मंगलबार बन्दी [...] The post राप्रपा उपाध्यक्ष मिश्रलाई थुनामुक्त, भन्छन्– राजसंस्था पुनर्स्थापनाका लागि काम गरेकै हो, अपराधिक उपद्रव गरेको होइन appeared first on Jhapa Online.

May 16, 2025 - 15:11
 0
राप्रपा उपाध्यक्ष मिश्रलाई थुनामुक्त, भन्छन्– राजसंस्था पुनर्स्थापनाका लागि काम गरेकै हो, अपराधिक उपद्रव गरेको होइन

झापा, २ जेठ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको छ ।

आज न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै मिश्रलाई उनका कानुन व्यवसायीको जिम्मा लगाएर तत्काल रिहा गर्न आदेश गरेको हो । मिश्रका तर्फबाट श्रीमती सारिका कार्कीले मंगलबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

शुक्रबार सर्वोच्चले थुनामुक्त गर्न आदेश गर्दै मिश्रसँग सम्बन्धित अधिकांश प्रमाण संकलनको कार्य सम्पन्न भइसकेको देखिएको र थप प्रमाण संकलन गर्नुपर्ने भएमा संकलन गर्न नसकिने अवस्था पनि नरहेको उल्लेख गरेको छ । तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा गत चैत १५ गते पक्राउ परेका मिश्रले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र थुनामुक्त भएसँगै चैत १५ को घटनामा ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गर्दै उक्त घटनाको योजना आफुले नगरेको बताए । उनले यस घटनामा राज्य आफविरुद्ध लागेको स्पष्ट भएको उल्लेख गरे ।

उनले आफुले राजसंस्था पुनर्स्थापनाका लागि काम गरेकै तर संगठित अपराध, राज्यविरुद्धको कसुर र अपराधिक उपद्रवको काम केही नगरेको बताए । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजवादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो । मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो ।

The post राप्रपा उपाध्यक्ष मिश्रलाई थुनामुक्त, भन्छन्– राजसंस्था पुनर्स्थापनाका लागि काम गरेकै हो, अपराधिक उपद्रव गरेको होइन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register