पुस्तक परिचय : विनोद न्यौपानेको ‘श्रद्धा’ मुक्तक संग्रह

चूडामणि वशिष्ठ‘श्रद्धा’ विनोद न्यौपानेद्वारा लिखित मुक्तक संग्रह हो । २०८! सालमा समकालीन साहित्य प्रतिष्ठान–बेलायतबाट प्रकाशित यस कृतिको भूमिका होम सुवेदीले लेख्नु भएको छ भने घनेन्द्र शर्माले शुभकामना अर्पण गर्नु भएको छ । !!२ पृष्ठमा !७० मुक्तकहरूलाई बिटो कस्ने काम कविले गर्नु भएको छ । जीवन जगत शीर्षकमा !०९, प्रेम शीर्षक !४, राजनीति शीर्षक ४० र [...] The post पुस्तक परिचय : विनोद न्यौपानेको ‘श्रद्धा’ मुक्तक संग्रह appeared first on Jhapa Online.

May 16, 2025 - 15:20
 0
पुस्तक परिचय : विनोद न्यौपानेको ‘श्रद्धा’ मुक्तक संग्रह

चूडामणि वशिष्ठ
‘श्रद्धा’ विनोद न्यौपानेद्वारा लिखित मुक्तक संग्रह हो । २०८! सालमा समकालीन साहित्य प्रतिष्ठान–बेलायतबाट प्रकाशित यस कृतिको भूमिका होम सुवेदीले लेख्नु भएको छ भने घनेन्द्र शर्माले शुभकामना अर्पण गर्नु भएको छ । !!२ पृष्ठमा !७० मुक्तकहरूलाई बिटो कस्ने काम कविले गर्नु भएको छ । जीवन जगत शीर्षकमा !०९, प्रेम शीर्षक !४, राजनीति शीर्षक ४० र बालसुलभ शीर्षकमा ७ वटा मुक्तक प्रकाशित भएका छन् । वासुशशी शर्माप्रति समर्पण गरिएको प्रस्तुत पुस्तक कविको !! औं प्रकाशित पुस्तकाकार कृति हो । म कवि विनोद न्यौपानेलाई चिन्दिन । उहाँका यो बाहेक अरू !० वटा पुस्तक पनि देखेको छुइँन । त्यसकारण म यस पुस्तकका सम्बन्धमा विशुद्ध पाठक प्रतिक्रिया संक्षेपमा राख्ने प्रयत्न गर्छु ।

जीवन जगत आर्थिक अन्तर्गत – मान्छेका दुःख सुख, तिनका जीवन भोगाइ, अनेक किसिमका इच्छा आकांक्षा, संघर्षमय जीवनमा फेला परेका गौंडा–गल्छेडा, आफैलाई बिर्सेर शान्ति र सन्तुष्टि खोज्दै हिँड्ने मान्छेका मनोदशालाई नेपाली परिवेशमा कविले प्रस्तुत गर्ने जमर्को गर्नु भएको छ ।

मान्छेको जीवन नै अस्थायी छ, स्थायी कुरा खोजेर दुःख गर्नु हुँदैन । स्वतन्त्र, स्वाभिमान, स्वावलम्बी भएर बाँच्नुमै जीवनको सफलता छ भन्ने सन्देश मुक्तकहरूले प्रवाह गरेका छन् । उड़ने मनसँग विवेक बुद्धिलाई उडाउनु हुँदैन । आजका मान्छे विषालु इष्र्यालु छन् । धूर्तहरूका कुरामा होइन, व्यवहारमा मात्र विश्वास गर्नु पर्छ भन्ने कुरो कलात्मक र विनोदी भाषामा व्यक्त भएका छन् । मुक्तकहरूमा देशको, देशभक्तिको, राष्ट्रिय प्रकृतिको महिमा गान गाइएको छ । समष्टिमा, नेपाली जनजीवनका राम्रा नराम्रा नाना पक्षलाई मिहिमसिनो गरी पस्किने काम कविले आफ्ना मुक्तकहरूमा गर्नु भएको छ ।

प्रेम शीर्षकका मुक्तकहरूमा – प्रेमको परिभाषा गर्ने जमर्को गर्दै संयोगात्मक वियोगात्मक दुवै प्रेमका अनेक पक्षको कवितात्मक अभिव्यक्ति दिइएको छ । मान्छेको निम्ति प्रेम अपरिहार्य कुरा हो । प्रेम बिना जीवन न्यास्रो खस्रो फुस्रो र निरस हुन्छ । प्रेम मान्छेको जीउने आधार हो भन्दै प्रेमका अनेक स्वरूपहरूको उदाहरण सहित प्रमाणित गर्ने प्रयत्न कविले गर्नु भएको छ ।

राजनीतिक व्यङ्ग्य शीर्षकका मुक्तकहरूमा – देशका बुढा नेता, तिनको सोच, चुनावी विकृति, इमान नैतिकताविहीनको राजनीति, बजेटको दुरूपयोग, चम्चे कर्मचारीहरूको भोलिवाद, गठबन्धन, भागबण्डा, सेटिङ, डलरे राजनीति, बढ्दो असुरक्षाप्रति विनोदी भाषामा कठोर व्यङ्ग्य प्रहार कविले गर्नु भएको छ । बिकाउ चरित्रका बुढा नेताहरूले दोस्रो तेस्रो पिढीका, नेताहरूलाई पनि त्यही कुरा सिकाए । चरम भ्रष्टाचार र अन्यायकै कारण युवाहरूले देश छोडे । देशको राजनीति सच्चिने भन्दा पनि सकिने ठाउँमा पुगेको छ । सर्वत्र निराशाको वादले ढाकेको छ । एउटा चेतनाको आँधी हुरी भुमरीको आवश्यकता रहेको कविले महसुस गर्नु भएको छ ।

बालसुलभ शीर्षकका मुक्तकहरूमा – बालकको मनोविज्ञान, तिनका इच्छा आकांक्षा उत्साह जिज्ञासा क्रीडालाई अघि सारिएको छ । बालकहरू निर्दोष निश्छल निर्मल हुन्छन् । बालककालको यो लोभलाग्दो उमेर अवस्थामा जो कोही फर्किन पाए हुन्थ्यो भनेर लालायित हुन्छन् । वात्सल्य प्रेमको महिमा गान यी मुक्तकहरूमा गाइएको छ ।

निष्कर्षमा भन्नु पर्दा — कविताको लघुत्तम रूप मुक्तकमा आवश्यक कुराहरू यहाँ पनि छन् । विचार र अनुभूतिको सन्तुलन छ । थोरैमा धेरै व्यक्त गर्ने सीप शैेली राम्रो छ । प्रत्येक मुक्तकमा शीर्षक भइदिएको भए शीर्षकले विचारलाई अझै केन्द्रित गर्ने थियो र मुक्तकहरू अझै रसिला कसिला खिरिला बन्ने थिए । झर्रा शब्द, उखान टुक्का, अलङ्कारहरूले मुक्तकहरू सुसज्जित छन् । वाक्पटुता र उक्तिवैचिœयले मुक्तकहरूको वजन बढाएको छ । सरल सहज भाषामा गहिरा विचारको प्रस्तुतिले पाठक मन खिचेको छ । समष्टिमा मुक्तकहरू सफल छन् ।

The post पुस्तक परिचय : विनोद न्यौपानेको ‘श्रद्धा’ मुक्तक संग्रह appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register