राजस्थानलाई हराएर बैङ्गलोर तेस्रो स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलोरले राजस्थान रोयल्समाथि जित हासिल गरेको छ । बैङ्लोरमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले राजस्थानलाई ११ रनले हराएको हो । बैङ्गलोरले दिएको २०६ रनको विशाल लक्ष्य राजस्थानले भेट्टाउन सकेन । राजस्थान पूरै ओभर खेल्नका बाबजुद ९ विकेटको क्षतिमा १९४ रनमा सीमित भयो । राजस्थानका लागि […]

Apr 25, 2025 - 02:36
 0
राजस्थानलाई हराएर बैङ्गलोर तेस्रो स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलोरले राजस्थान रोयल्समाथि जित हासिल गरेको छ ।

बैङ्लोरमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले राजस्थानलाई ११ रनले हराएको हो ।

बैङ्गलोरले दिएको २०६ रनको विशाल लक्ष्य राजस्थानले भेट्टाउन सकेन । राजस्थान पूरै ओभर खेल्नका बाबजुद ९ विकेटको क्षतिमा १९४ रनमा सीमित भयो ।

राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधिक ४९ रन बनाए ।

बैङ्गलोरका जोश हजिलउडले सर्वाधिक ४ विकेट लिए । उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैङ्गलोरले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २०५ रन बनाएको थियो ।

बैङ्गलोरका २ खेलाडीले अर्धशतक बनाएका थिए । विराट कोहलीले ७० तथा देवदत्त पडिकलले ५० रन जोडे ।

राजस्थानका सन्दीप शर्माले सर्वाधिक २ विकेट हात पारे पनि यो टोलीको जितका लागि पर्याप्त भएन ।

जारी आईपीएलमा बैङ्गलोरको ९ खेलमा छैटौं जित हो । यो जितको बैङ्गलोर चौथोबाट तेस्रो स्थानमा उक्लिएको छ । बैङ्गलोरले १२ अङ्क बनाएको छ ।

समान ९ खेलमा २ जित मात्र हासिल गरेको राजस्थान ४ अङ्कसहित आठौं स्थानमा छ ।

आईपीएलमा १० टोलीको सहभागिता छ । यीमध्ये शीर्ष ४ टोली प्ले अफमा जानेछन् ।

मुम्बईको लगातार चौथो जित, हैदरावादलाई सात विकेटले हरायो

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register