एअर इन्डिया विमान दुर्घटना : अवकाश लिएर बुवासँग समय बिताउने योजनामा थिए क्याप्टेन सुमित

काठमाडौं । भारतको एअर इन्डिया विमान दुर्घटनामा मृत्यु भएका क्याप्टेन सुमित सभरवालसँग उडानमा लगभग तीन दशकको अनुभव थियो । उनीसँग ८ हजार २०० घण्टाभन्दा बढी उडानको अनुभव थियो । क्याप्टेन सभरवाल उडानमा सबैभन्दा वरिष्ठ चालक दलका सदस्य थिए । उनी लाइन ट्रेनिङ क्याप्टेन पनि थिए, यो पद सबैभन्दा अनुभवी पाइलटहरूलाई मात्र दिइन्थ्यो, जसले युवा चालक […]

Jun 13, 2025 - 11:40
 0
एअर इन्डिया विमान दुर्घटना : अवकाश लिएर बुवासँग समय बिताउने योजनामा थिए क्याप्टेन सुमित

काठमाडौं । भारतको एअर इन्डिया विमान दुर्घटनामा मृत्यु भएका क्याप्टेन सुमित सभरवालसँग उडानमा लगभग तीन दशकको अनुभव थियो । उनीसँग ८ हजार २०० घण्टाभन्दा बढी उडानको अनुभव थियो ।

क्याप्टेन सभरवाल उडानमा सबैभन्दा वरिष्ठ चालक दलका सदस्य थिए । उनी लाइन ट्रेनिङ क्याप्टेन पनि थिए, यो पद सबैभन्दा अनुभवी पाइलटहरूलाई मात्र दिइन्थ्यो, जसले युवा चालक दलका सदस्यहरूलाई मार्गदर्शन गर्थे ।

इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार ६० वर्षीय पाइलट सभरवालको अवकाश हुन केही महिना मात्र बाँकी थियो । यसपछि, उनी आफ्ना ८२ वर्षीय बुवासँग समय बिताउने योजनामा थिए । उनका बुबा नागरिक उड्डयन नियामक निकायका पूर्वअधिकारी थिए ।

सभरवालबारे मुम्बईमा रहेका छिमेकीले भने, ‘उनी धेरै संयमी र अनुशासित व्यक्ति थिए । हामीले उनलाई प्रायः पाइलट पोशाकमा आउँदै र जाँदै गरेको देख्यौं ।’

विमानका सह–पाइलट तथा प्रथम अधिकारी क्लाइभ कुन्दरले लगभग १ हजार १०० घण्टा उडान भरेका थिए र उनलाई ड्रिमलाइनर उडाउन प्रमाणित गरिएको थियो । –बीबीसी हिन्दीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register