भिजिट भिसा प्रकरण: माओवादी र नेकपा एस संसद् खोल्न सहमत, रास्वपाको धारणा के ?

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएका प्रतिपक्षी दलहरूमध्ये नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सत्तारूढ दलहरूसँग सहमति गरी संसद् खोल्न तयार भएका छन् । एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले दुई बुँदामा सहमति भएर सदन खोल्न आफूहरू तयार भएको जानकारी दिए । कुँवरका अनुसार सहमतिको पहिलो बुँदामा अख्तियार दुरुपयोग […]

Jun 13, 2025 - 11:25
 0
भिजिट भिसा प्रकरण: माओवादी र नेकपा एस संसद् खोल्न सहमत, रास्वपाको धारणा के ?

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएका प्रतिपक्षी दलहरूमध्ये नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सत्तारूढ दलहरूसँग सहमति गरी संसद् खोल्न तयार भएका छन् ।

एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले दुई बुँदामा सहमति भएर सदन खोल्न आफूहरू तयार भएको जानकारी दिए ।

कुँवरका अनुसार सहमतिको पहिलो बुँदामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा नेपाल सरकारले आवश्यक सहयोग गर्ने उल्लेख छ ।

दोस्रो बुँदामा अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न अध्ययन छानबिन गरेर आवश्यक सुधारका लागि उपयुक्त व्यवस्था गर्ने सहमति भएको छ ।

विपक्षी दलहरूमध्ये माओवादी र एकीकृत समाजवादी संसद् खोल्न तयार भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । पछिल्लो विकसित स्थितिको विश्लेषण गरेर रास्लेवपा औपचारिक निर्णय गर्ने जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register