भारतबाट लन्डनका लागि उडेको विमान दुर्घटना

लन्डन- भारतको अहमदावादबाट लन्डन ग्याटविक एअरपोर्टका लागि उडेको एअर इन्डियाको विमान दुर्घटना भएको छ । अहमदाबाद सरदार बल्लभ भाइ पटेल एअरपोर्टबाट विहीबार टेक अफ गरेको केही सेकेन्डभित्रै विमान दुर्घटनामा परेको हो। दुर्घटना मानव बस्ती रहेको मेघानी क्षेत्रमा भएको जनाइएको छ । दुर्घटनामा परेको विमानमा २ सय ४२ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । […]

Jun 12, 2025 - 10:48
 0
भारतबाट लन्डनका लागि उडेको विमान दुर्घटना

लन्डन- भारतको अहमदावादबाट लन्डन ग्याटविक एअरपोर्टका लागि उडेको एअर इन्डियाको विमान दुर्घटना भएको छ ।

अहमदाबाद सरदार बल्लभ भाइ पटेल एअरपोर्टबाट विहीबार टेक अफ गरेको केही सेकेन्डभित्रै विमान दुर्घटनामा परेको हो।

दुर्घटना मानव बस्ती रहेको मेघानी क्षेत्रमा भएको जनाइएको छ ।

दुर्घटनामा परेको विमानमा २ सय ४२ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको सरकारी समाचार एजेन्सी पीटीआईले सरदार बल्लभ भाइ पटेल विमानस्थल नजिक आगोको मुस्लो र धुवाँ उडिरहेको भिडिओ सार्वजनिक गर्दै विमान दुर्घटनाको पुष्टि गरेको छ ।

क्षतिको विवरण आउन बाँकी छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register