शहीद दुर्गानन्द झाको शालिकमा चप्पल प्रहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । जनकपुरधाम-२३ स्थित शहीद दुर्गानन्द झाको शालिकमा चप्पल प्रहार गरी भिडिओ बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४४ वर्षीय रतन महतो रहेका छन् । महतोले केही दिन पहिला शहीद झाको शालिकमा चप्पल प्रहार गरी भिडिओसमेत बनाई सामाजिक सञ्जालमा अपलोड गरेका थिए । त्यसपछि सामाजिक […]

Jun 13, 2025 - 11:55
 0
शहीद दुर्गानन्द झाको शालिकमा चप्पल प्रहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । जनकपुरधाम-२३ स्थित शहीद दुर्गानन्द झाको शालिकमा चप्पल प्रहार गरी भिडिओ बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४४ वर्षीय रतन महतो रहेका छन् । महतोले केही दिन पहिला शहीद झाको शालिकमा चप्पल प्रहार गरी भिडिओसमेत बनाई सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

त्यसपछि सामाजिक सञ्जालमा शहीद झाका अनुयायीहरुले उक्त घटनाको निन्दा गर्नका साथै चप्पल प्रहार गर्ने व्यक्तिलाई कानुनबमोजिम हदैसम्मको सजायको माग गर्दै आएका थिए ।

जनकपुरधामसहित विभिन्न स्थानबाट विभिन्न संघसंस्था र युवा क्लब राजनीतिक व्यक्ति र पार्टीहरुले जिल्ला प्रहरी कार्यालय धनुषालाई चप्पल प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्न ध्यानाकर्षण गराएका थिए ।

सोहीअनुसार प्रहरी टोलीले छानबिन गर्दै जाँदा जेठ २९ गते (हिजो)वडा नं. २३ लादोस्थित गाउँमा डुल्दै गरेको अवस्थामा महतोलाई पक्राउ गरेको थियो ।

महतोलाई धनुषा प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । – नेपाल न्युज बैंक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register