भूतपूर्व गोर्खा माग सम्बोधन गर्न बेलायती पक्ष राखेर दूतावासमा भयो प्रविधिक बैठक

लन्डन—भूतपूर्व गोर्खाहरूको लामो समयदेखि उठाउँदै आएका मागहरू विशेषतः समान पेन्सनसम्बन्धी विषयमा नेपाली दूतावास लन्डनमा प्रविधिकस्तरको एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठकमा नेपाली दूतावास, संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका पदाधिकारीहरू तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो। साढे दुई घण्टा चलेको बैठकमा गोर्खाहरूको मुख्य माग र विशेष गरी समान पेन्सनसम्बन्धी विषयलाई प्राथमिकताका साथ केन्द्रित गर्दै […]

Jun 12, 2025 - 20:00
 0
भूतपूर्व गोर्खा माग सम्बोधन गर्न बेलायती पक्ष राखेर दूतावासमा भयो प्रविधिक बैठक

लन्डन—भूतपूर्व गोर्खाहरूको लामो समयदेखि उठाउँदै आएका मागहरू विशेषतः समान पेन्सनसम्बन्धी विषयमा नेपाली दूतावास लन्डनमा प्रविधिकस्तरको एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठकमा नेपाली दूतावास, संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका पदाधिकारीहरू तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।

साढे दुई घण्टा चलेको बैठकमा गोर्खाहरूको मुख्य माग र विशेष गरी समान पेन्सनसम्बन्धी विषयलाई प्राथमिकताका साथ केन्द्रित गर्दै गम्भीर छलफल भएको बताइएको छ । निकट भविष्यमा अर्को बैठक बसेर आपसी सहमति कायम गर्ने लक्ष्य लिइएको छलफलको नेतृत्व गरेका उपनियोग प्रमुख विपिन दुवाडीले जनाए ।

‘वर्षौ देखिको पेचिलो मुद्दा छिटो निचोडमा पुरयाउन बेलायती पक्ष सकारात्मक छ । तर, पेन्सन लिने कति भूपू गोर्खा छन्, कति रकम आवश्यक हुन्छ लगायतका तथ्यबारे अध्ययन गरि थप छलफल गर्ने कुरा भएको छ’, दुवाडीले भने ।

छलफलमा ठोस निष्कर्ष ननिस्किए पनि पेन्सन मुद्धामा प्रवेश गरी गम्भीर छलफल भएको वार्ता समिति सदस्य गेसो उपसभापति धर्म तमाङ्गले नेपाली लिंकलाई बताए।

‘पेन्सनको कुरा मिलाउन व्यवहारिक रुपमा अफ्टेरो छ भन्ने बेलायती पक्षको पुरानै कुरा थियो। तर हामीले पेन्सन बिना मान्दैनौ भनेर क्लियर गरेपछि नेगोसिएसन गरौँ न भन्ने आशय उनीहरुले राखे’, तामाङ्गले भने, ‘अब अर्को पटक सिधै पेन्सनको कुरा हुन्छ।’

बैठकमा नेपाली सरकारको तर्फबाट नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुबाडी, सैन्य सहचारी महासेनानी अनुप शाह लगायत बेलायत सरकारका रक्षा मन्त्रालयका प्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता थियो। त्यस्तै, भूतपूर्व गोर्खाहरूको तर्फबाट जी१० का ९ जना प्रतिनिधिहरू उपस्थित थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register