अव्यवहारिक कर खारेजीको माग गर्दै सुनचाँदी  व्यवसायी आन्दोलित 

रौतहट ।  सरकारले बजेट वक्तव्य मार्फत लगाएको कर अव्यवहारिक भन्दै रौतहटका सुनचाँदी  व्यवसायीले शुक्रवार सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् । सुनमा लगाईको बिलासिता कर र हिरा जवाहरात पत्थरमा लगाएको मूल्य  अभिवृद्धि कर खारेजीको माग गर्दै सुनचाँदी  व्यवसायीले शुक्रवार सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् ।  सरकारले आगामी आर्थिक बर्ष ०८२-८३ को बजेट वक्तव्य मार्फत सुनमा २ […]

Jun 13, 2025 - 11:30
 0
अव्यवहारिक कर खारेजीको माग गर्दै सुनचाँदी  व्यवसायी आन्दोलित 

रौतहट । 

सरकारले बजेट वक्तव्य मार्फत लगाएको कर अव्यवहारिक भन्दै रौतहटका सुनचाँदी  व्यवसायीले शुक्रवार सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् । सुनमा लगाईको बिलासिता कर र हिरा जवाहरात पत्थरमा लगाएको मूल्य  अभिवृद्धि कर खारेजीको माग गर्दै सुनचाँदी  व्यवसायीले शुक्रवार सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् ।

 सरकारले आगामी आर्थिक बर्ष ०८२-८३ को बजेट वक्तव्य मार्फत सुनमा २ प्रतिशत बिलासिता कर र हिरा जवाहरात पत्थरमा १३ प्रतिशत मूल्य  अभिबृध्दि कर लगाएपछि रौतहट सुनचाँदी  व्यवसायी संघ, रौतहट आभुषण संघ र चन्द्रपुर सुनचाँदी  ब्यबासायी संघको संयुक्त आयोजनामा पुर्बबत व्यवस्था कायम गरिनु पर्ने माग राख्दै सदरमुकाम गौरमा प्रदर्शन  गरिएको हो ।

 कानुनले सुनलाई नगद सरहको सम्पत्तिको मान्यता दिएको भन्दै उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासी शुल्क र हिरा, जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्नु पर्ने माग सुनचाँदी  कारोबार ब्यबसायीको रहेको छ । आन्दोलित व्यवसायीले प्रर्दशनको क्रममा सुन चाँदीको कारोबारलाई प्रोत्साहन गर्नु पर्ने उपभोक्ताहितमुखी हुनु पर्ने, गहना उत्पादक तथा कालिगड, व्यवसायीमैत्री कानुन निर्माण हुनु पर्ने, सुनचाँदीसम्बन्धी ऐन, कानुन र कार्यविधि तुरुन्त जारी गरिनुपर्ने, सानो परिमाणमा ५० ग्राम र १०० ग्रामका सुनका टुक्रा खुल्ला रुपमा पान नम्बर र कर चुक्ता प्रमाणापत्रको आधारमा गहना उत्पादक तथा कालिगड व्यवसायीले खरिद गर्ने पाउनु पर्ने व्यवस्था मिलाइनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन । 

सुनचाँदी, हिरा, जवाहतरातमा लगाइएको करले व्यवसायीलाई मात्र नभएर आम उपभोक्तालाई समेत मार पर्ने भएकाले तत्काल खारेज हुनु पर्ने नेपाल सुनचादी व्यवसायी महासंघका पदाधिकार सदस्य प्रकाश गहतराज सुनारले बताए । यो व्यवस्था लागु भएमा प्रत्यक्ष रुपमा विलासिता कर र भ्याटले चर्को भार पर्ने भएको हुँदा  पूर्ववत अवस्था कायम गरिनु पर्ने उनले बताए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register