आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

झापा, ५ जेठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ [...] The post आज कुन विदेशी मुद्राको विनिमय दर कति ? appeared first on Jhapa Online.

May 19, 2025 - 03:28
 0
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

झापा, ५ जेठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४३ पैसा र बिक्रीदर २० रुपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ५९ पैसा र विक्रीदर ३५६ रुपैयाँ १५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

The post आज कुन विदेशी मुद्राको विनिमय दर कति ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register