आहा ! हेर्दा मनै लोभ्याउने घान्द्रुक गाउँ… (तस्विरहरु)

काठमाडौँ । घान्द्रुक कास्की जिल्लाको सुन्दर पर्यटकीय गाउँ हो । नेपालको पर्यटन राजधानीको रूपमा रहेको पोखराबाट छोटो समयमै पुग्न सकिने घान्द्रुक अन्नपूर्ण गाउँपालिकामा पर्ने र पदयात्रा पर्यटनका लागि विश्वसामु प्रसिद्ध छ । अन्नपूर्ण चक्रीय क्षेत्रमा रहेको यो गाउँ समुन्द्री सतहदेखि १ हजार ९४० मिटर उचाइमा छ । अन्नपूर्ण चक्रीय क्षेत्रको प्रसिद्ध गन्तव्य माछापुच्छ्रे, अन्नपूर्ण आधारशिविर […]

Apr 27, 2025 - 04:08
 0
आहा ! हेर्दा मनै लोभ्याउने घान्द्रुक गाउँ… (तस्विरहरु)

काठमाडौँ । घान्द्रुक कास्की जिल्लाको सुन्दर पर्यटकीय गाउँ हो । नेपालको पर्यटन राजधानीको रूपमा रहेको पोखराबाट छोटो समयमै पुग्न सकिने घान्द्रुक अन्नपूर्ण गाउँपालिकामा पर्ने र पदयात्रा पर्यटनका लागि विश्वसामु प्रसिद्ध छ ।

अन्नपूर्ण चक्रीय क्षेत्रमा रहेको यो गाउँ समुन्द्री सतहदेखि १ हजार ९४० मिटर उचाइमा छ । अन्नपूर्ण चक्रीय क्षेत्रको प्रसिद्ध गन्तव्य माछापुच्छ्रे, अन्नपूर्ण आधारशिविर यही गाउँ हुँदै जान सकिन्छ । घान्द्रुक-घोरेपानी पदयात्रा पनि विश्व पर्यटन माझा लोकप्रिय पदयात्रा मार्ग हो । घान्द्रुक गाउँ गुरुङ संस्कृति, कलाका लागि पनि प्रख्यात छ । 

यहाँका पुरानो शैलीका ढुङ्गाले छाएका घरहरु पनि उतिकै आकर्षक छन् र मौलिक घरमा सञ्चालन गरिएको होमस्टे यहाँको अर्को आकर्षण बनेको छ । त्यस्तै, पछिल्लो समयमा यस पदयात्रा क्षेत्रमा सडक खनिएपछि पदयात्रा छोटिएको छ । 

लमजुङको बेसीसहर, मनाङको ताल, चामे, मनाङ थोरङला भन्ज्याङ पास गरेर मुक्तिनाथ, जोमसोम तातोपानी, घोरेपानी, घान्द्रुक हुँदै २१ दिनमा मात्र पर्यटक पोखरा आइपुग्थे । सडकको कारण २१ दिनको चक्रीय पदयात्रा छोटिएर अहिले ५ देखि ६ दिनमा झरेको छ । घान्द्रुक गाउँ सम्मै अहिले मोटरमै पुग्न सकिन्छ । हिँडेर जान चाहनेलाई भने छुट्टै पदयात्रा मार्ग पनि छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register