आज हुने ‘लाफ्टर फर लाइफ’ को तयारी पूरा, कार्यक्रममा आउन कलाकारहरुको निम्तो

लन्डन । आज आइतबार सांझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रम तयारी पूरा भएको छ । लन्डनमा हुने कमेडी र संगीतको समिश्रण उक्त कार्यक्रमका लागि कलाकारहरु लन्डन आइसकेका छन् । कार्यक्रमका लागि महानायक राजेश हमाल र हास्यकलाकार सन्दीप क्षेत्री (मिस्टर ह्याप्पी) बुधबार नै लन्डन आइपुगेका हुन् । यसैगरी गायक भट्टराई र उनको […]

Apr 27, 2025 - 09:52
 0
आज हुने ‘लाफ्टर फर लाइफ’ को तयारी पूरा, कार्यक्रममा आउन कलाकारहरुको निम्तो

लन्डन । आज आइतबार सांझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रम तयारी पूरा भएको छ । लन्डनमा हुने कमेडी र संगीतको समिश्रण उक्त कार्यक्रमका लागि कलाकारहरु लन्डन आइसकेका छन् ।

कार्यक्रमका लागि महानायक राजेश हमाल र हास्यकलाकार सन्दीप क्षेत्री (मिस्टर ह्याप्पी) बुधबार नै लन्डन आइपुगेका हुन् । यसैगरी गायक भट्टराई र उनको व्याण्ड अतृप्त पनि लन्डन आइसकेको छ ।

‘लाफ्टर फर लाइफ’ मा राजेश हमाल र सन्दीप क्षेत्रीले दुई घण्टा भन्दा बढी हाँस्य कार्यक्रम प्रस्तुत गर्नेछन् । महानायक हमाल पहिलोपटक स्ट्याण्डअप कमेडीका लागि स्टेजमा उत्रनेछन् । लन्डनबाटै उनको कमेडी यात्रा शुरु हुनेछ ।

सोही स्टेजमा लाखौं युवामनका ढुकढुकी गायक नवीन के भट्टराई र उनको व्याण्ड ‘अतृप्त’ का सदस्यहरुले पनि लाइभ म्यूजिकमा परफर्म गर्नेछन् । आफूहरुले सक्दो उत्कृष्ट प्रस्तुति दिन प्रयास गर्ने भट्टराईले  बताएका छन् । बेलायतका दर्शकहरुसंग धेरै लामो समयपछि साक्षात्कार गर्न पाउंदा आफूहरु उत्साहित भएको उनले बताए ।

आयोजक माया इभेन्ट्सका निर्देशक राज पाण्डे तथा  डा. रक्षा थापाले ऐतिहासिक इभेन्टमा आएर मनोरन्जन लिन सबैलाई आग्रह गरेका छन् । कार्यक्रम तयारी पूरा भएको र कलाकारहरु पनि आफ्नो प्रस्तुतिका लागि रिहर्सल गरिरहेको आयोजकले जानकारी दिए ।

कार्यक्रमका लागि टिकट अनलाइन तथा हलमा समेत उपलब्ध हुनेछ ।  अनलाइन टिकट को लागि यहाँ क्लिक गर्नु होला ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register