आगामी बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउनेछः देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् । बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै देउवाले यसवर्षको बजेटमा डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्नेगरी नीति तथा कार्यक्रमहरु तयार हुने र निजी क्षेत्रले उठाएको सवाललाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् । ‘मलाई विश्वास छ यसवर्षको […]

Apr 28, 2025 - 12:59
 0
आगामी बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउनेछः देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् । बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै देउवाले यसवर्षको बजेटमा डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्नेगरी नीति तथा कार्यक्रमहरु तयार हुने र निजी क्षेत्रले उठाएको सवाललाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘मलाई विश्वास छ यसवर्षको बजेटमा डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्नेगरी नीति तथा कार्यक्रमहरु तयार हुनेछन् ।’, उनले भने, ‘मलाई विश्वास छ आर्थिक वर्ष २०८२/८३ को बजेटले निजी क्षेत्रले उठाएको सवालाई सम्बोधन गर्नेछ । आर्थिक क्षेत्रलाई थप चलायमान गराउने छ भन्ने विश्वास व्यक्त गर्दछु ।’

त्यस्तै, उनले देशलाई आर्थिक समृद्धिसहित अगाडि बढाउनका लागि सरकारसँगै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने धारणा राखेका छन् । स्थानीय उत्पादनलाई प्रोत्साहन, मौलिक सीपहरुको प्रवर्द्धनउद्यमशिलतालाई वृद्धि गरेर मुलुकमा रोजगारी बढाउन आवश्यक रहेको उनको भनाइ छ । 

‘देशलाई आर्थिक समृद्धिसहित अगाडि बढाउनका लागि सरकारसँगै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यस कार्यक्रममार्फत निजी क्षेत्रलाई निर्धक्क भएर लगानी गर्नका लागि अनुरोध गर्दछु ।’, उनले भने, ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गरी मौलिक सीपहरुको प्रवर्द्धन गरी उद्यमशीलतालाई वृद्धि गरेर मुलुकमा रोजगारी बढाउन आवश्यक छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register