खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाईते

खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । जन्तेढुगागाउँपालिका ५ चिसापानीबाट गोलिया काठ बोकेर बङ्शिलाघाटतर्फ जादै गरेको प्रदेश -२-०३-००१ त ८१८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चिसापानीका रोशन बिकको मृत्यु भएको हो । बैशाख-१६ अर्थात मङगलबार राती बराहपोखरी गाउँपालिका-६ मौवाबोटेमा ट्याक्टर पल्टिएको थियो।गम्भिर घाईते बिकलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको […]

Apr 30, 2025 - 08:00
 0
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाईते

खोटाङ ।

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

जन्तेढुगागाउँपालिका ५ चिसापानीबाट गोलिया काठ बोकेर बङ्शिलाघाटतर्फ जादै गरेको प्रदेश -२-०३-००१ त ८१८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चिसापानीका रोशन बिकको मृत्यु भएको हो ।

बैशाख-१६ अर्थात मङगलबार राती बराहपोखरी गाउँपालिका-६ मौवाबोटेमा ट्याक्टर पल्टिएको थियो।गम्भिर घाईते बिकलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले उल्लेख गरेको छ ।

अनियन्त्रीत ट्याक्टर सडकबाट करिब सय मिटर तल खस्दा चालक झन्तेढुङगा गाउँपालिका-४ डम्बर्खुशिवालयका सुमन दाहाल घाईते बनेको छ ।

दाहालको टाउको, दुवै खुट्टा र शरीरको बिभिन्न भागमा चोट लागेको छ । यस्तै, अर्का सहचालक तेह्रथुमका लालीगुरास नगरपालिका(२ निर्मल गुरुङको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको छ । घाईते दुवैलाई धरानस्थित बिपी कोईराला बिज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register