विदेश पठाउने भन्दै लाखौँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीया सुजनी कुमारी साह, ३४ दिपक कुमार उदास र २३ वर्षीय रेशिका हमाल न्यौपाने रहेका छन् । उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर युके, लुथिनिया लगायतका देश पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेर थिए […]

Jun 18, 2025 - 08:59
 0
विदेश पठाउने भन्दै लाखौँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीया सुजनी कुमारी साह, ३४ दिपक कुमार उदास र २३ वर्षीय रेशिका हमाल न्यौपाने रहेका छन् ।

उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर युके, लुथिनिया लगायतका देश पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेर थिए । उनीहरुलाई पीडितले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुजनी कुमारी साहले युके पठाउने भन्दै १७ लाख ४ हजार, दिपक कुमार उदासले पनि युके पठाउने भन्दै २ लाख ३४ हजार र रेशिका हमाल न्यौपाने लुथिनिया पठाउने भन्दै ६ लाख ८ हजार रुपैयाँ ठगी गरेका थिए ।

हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register