सर्वेक्षणले देखायो : फलफूल र हरियो सागसब्जी कम खाने व्यक्तिमा यौन दुर्बलता उच्च

काठमाडौं । पर्याप्त मात्रामा हरियो सागसब्जी र फलफूल नखाने व्यक्तिमा यौन दुर्बलता उच्च हुने एक सर्वेक्षणले देखाएकोछ ।  स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) ले यूएनएफपीए र अन्य साझेदारहरूको सहयोगमा सन् २०२४ मा  गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणका अनुसार, दिनमा ५ मात्रा (४०० ग्राम) भन्दा कम हरियो सागसब्जी र फलफूल खाने व्यक्तिहरूमा […]

Jun 18, 2025 - 09:59
 0
सर्वेक्षणले देखायो : फलफूल र हरियो सागसब्जी कम खाने व्यक्तिमा यौन दुर्बलता उच्च

काठमाडौं । पर्याप्त मात्रामा हरियो सागसब्जी र फलफूल नखाने व्यक्तिमा यौन दुर्बलता उच्च हुने एक सर्वेक्षणले देखाएकोछ ।  स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) ले यूएनएफपीए र अन्य साझेदारहरूको सहयोगमा सन् २०२४ मा  गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।

सर्वेक्षणका अनुसार, दिनमा ५ मात्रा (४०० ग्राम) भन्दा कम हरियो सागसब्जी र फलफूल खाने व्यक्तिहरूमा यौन दुर्बलताको दर बढी देखिएको छ । यो समूहमा कुल ६८.४% व्यक्तिमा यौन दुर्बलता पाइएको थियो । जसमध्ये पुरुषहरूमा ७७.४% र महिलाहरूमा ६७.५% मा यौन दुर्बलता देखिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

यसको विपरीत, दिनमा ५ मात्रा (४०० ग्राम) वा सोभन्दा धेरै हरियो सागसब्जी र फलफूल खाने व्यक्तिहरूमा यौन दुर्बलताको दर तुलनात्मक रूपमा कम पाइएको छ । यो समूहमा समग्रमा ६४.८% मा यौन दुर्बलता रहेको सर्वेक्षणमा पाइएको छ । यसमा पुरुषहरूमा ६७.२% र महिलाहरूमा ६३.२% मा यौन दुर्बलता रेकर्ड गरिएको छ ।

सर्वेक्षण प्रतिवेदन ।

हरियो सागसब्जी र फलफूलले यौन स्वास्थ्यमा पुर्‍याउने फाइदाहरू

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, हरियो सागसब्जी र फलफूलमा भएका पोषक तत्त्वहरूले समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने गर्दछ । यी खाद्य पदार्थहरूमा भएका एन्टिअक्सिडेन्टहरूले रक्त प्रवाहमा सुधार गर्छ र यौन अङ्गहरूमा उचित रक्त सञ्चार बढाउँछ ।

विशेषगरी, हरियो सागसब्जी र फलफूलमा भएका नाइट्रेट र अन्य यौगिकहरूले शरीरमा नाइट्रिक अक्साइड उत्पादन बढाउने काम गर्छ, जसले रक्त नलीहरूलाई फैलाएर स्वस्थ यौन क्रियाकलापका लागि आवश्यक पर्ने रक्त प्रवाहमा सुधार ल्याउँछ ।

यी खाद्य पदार्थहरूमा भएका भिटामिन सी, भिटामिन ई, र फोलेटले हर्मोनको सन्तुलन कायम राख्न मद्दत गर्छ । एन्टिअक्सिडेन्टहरूले रक्त सञ्चारमा सुधार गरेर समग्र यौन स्वास्थ्यलाई सहयोग पुर्‍याउँछ । चुकन्दर, पालुङ्गो, जस्ता हरियो सागसब्जी र खरबुजा, अनार, सुन्तला, केरा जस्ता फलफूलमा प्राकृतिक नाइट्रेट उच्च हुन्छ । यी खाँदा शरीरले बिस्तारै नाइट्रिक अक्साइड उत्पादन गर्छ ।

कति सेवन गर्ने ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, एक स्वस्थ व्यक्तिले दिनमा कम्तीमा ४०० ग्राम (अर्थात् ५ मात्रा) हरियो सागसब्जी र फलफूल सेवन गर्नुपर्छ । यसमा आलु, सखरखण्ड, आलु र अन्य स्टार्च युक्त खानेकुराहरू समावेश हुँदैन । हरियो पातदार सागसब्जी दैनिक भोजनमा नियमित र सिजन अनुसारको ताजा फलफूललाई नास्ताको रूपमा सेवन गर्नुपर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register