ढिस्कोले पुरिँदा एक युवतीको मृत्यु, पाँच जना घाइते

हुम्ला, ४ असार । हुम्लाको सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्कोमा पुरिँदा स्थानीय २३ वर्षीया सुवित्रा विकको मृत्यु भएको छ । निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठूलो ढिस्को खस्दा उनको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते भएकी विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हो । उक्त [...] The post ढिस्कोले पुरिँदा एक युवतीको मृत्यु, पाँच जना घाइते appeared first on Jhapa Online.

Jun 18, 2025 - 03:39
 0
ढिस्कोले पुरिँदा एक युवतीको मृत्यु, पाँच जना घाइते

हुम्ला, ४ असार । हुम्लाको सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्कोमा पुरिँदा स्थानीय २३ वर्षीया सुवित्रा विकको मृत्यु भएको छ ।

निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठूलो ढिस्को खस्दा उनको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते भएकी विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हो ।

उक्त घटनामा पाँच जना घाइते भएका छन् । बाजुराको जगन्नाथ गाउँपालिका–१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका–४ का अन्दाजी २२ वर्षीया शर्मिला विक, सिमकोट गाउँपालिका–४ का ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

The post ढिस्कोले पुरिँदा एक युवतीको मृत्यु, पाँच जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register